सूचनाको शक्ति - The Power Of Information

        

तोलामा ७०० ले घट्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सोमबार ७०० रुपैयाँले मूल्य घटेको हो । यससँगै आज छापावाल सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ कायम छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । र, यो नेपाली बजारमा अहिलेसम्मकै किर्तिमानी मूल्य हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम छ । हिजो आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य बढ्दै गइरहेको छ ।

विश्वबजारमा सुनको मूल्य निरन्तर बढ्दाको प्रभाव नेपाली बजारमा समेति देखिइरहेको छ । महासंघले आज चाँदीको मूल्य समेत घटेको जानकारी दिएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम थियो ।

जुन, आज १५ रुपैयाँले घट्दै तोलामा १३ सय ३० रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १०:५५