सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

पाँच वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

बुधबारसम्म चट्याङसहित वर्षाको सम्भावना

हाल देशभर आंशिकदेखि सामान्य बदली छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार र बुधबार पनि पनि कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार ०६:३६