सूचनाको शक्ति - The Power Of Information

        

तौल घटाउन भात छाडेर रोटीमात्रै खानु कति फाइदा ?

हिजोआज अधिकांशले आफ्नो स्वास्थ्य र तौलको विशेष ख्याल राख्छन् । यसका लागि उनीहरूले आफ्नो खानपानमा विशेष सावधानी अपनाउने गर्छन् । बढ्दो मोटोपनको समस्याबाट छुटकारा पाउन भन्दै धेरै मानिसले भात खाँदैनन् तर भातको साटो गहुँको रोटी खान्छन् ।

के तौल घटाउन भातको साटो रोटी खानु उपयुक्त हो त ? पोषणविद्हरूका अनुसार भात र रोटी दुवै आ–आफ्नो ठाउँमा फाइदाजनक हुन्छ । स्वास्थ्यको हिसाबले कुनै पनि कुरा छाड्नु राम्रो होइन । आफ्नो तौल घटाउने सोचमा हुनुहुन्छ भने तपाईले एउटा काम गर्न सक्नुहुन्छ ।

हप्तामा चार दिन रोटी र दुई दिन भात खान सकिन्छ । यसो गर्नाले त आहारमा विविधता कायम रहनेछ । तौल नियन्त्रण गर्ने व्यक्तिले दुवै कुरा खान पाउँछन् । रोटी र भातको पोषणको हिसाबले धेरै भिन्नता छ । रोटीमा प्रोटिन र फाइबरको मात्रा धेरै हुन्छ । यसले हाम्रो शरीरमा अनावश्यक बोसो जम्न दिँदैन ।

भातमा कार्बोहाइड्रेड धेरै हुन्छ जसले हाम्री शरीरलाई शक्ति प्रदान गर्छ । भात खाँदा सकेसम्म ब्राउन राइस खानु राम्रो हुन्छ । सकेसम्म हप्तामा तीन दिन रोटी र तीन दिन भात खाएको राम्रो हुन्छ । यसले शरीरको तौल नियन्त्रण राख्न सहयोग गर्नुका साथै शरीरमा आवश्यक कुनै पनि पोषक तत्त्वको कमी हुन पाउँदैन ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ५ चैत्र २०७९, आइतवार १५:४९