एकीकृत समाजवादीले पार्टीको सचिवालय सदस्य घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो ।
गत मङ्सिर ४ को निर्वाचनमा एमाले छाडेर स्वतन्त्र प्रतिष्पर्धा गरेका भुसाल लगत्तै समाजवादीमा आवद्ध भएका थिए । बैठकले यसअघिका महासचिव डा. बेदुराम भुसाललाई उपाध्यक्षमा बढुवा गरेको छ ।
समाजवादीले उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गर्ने निर्णयसमेत गरेको छ । सचिवालय बैठकले सबै उपाध्यक्षहरुलाई सचिवालय सदस्य बनाउँदै सचिवायल सदस्यको संख्या १९ सदस्यीय बनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं