सूचनाको शक्ति - The Power Of Information

        

संसारकै ठूलो परिवार ! मुसाका १० श्रीमती, ९८ छोराछोरी, ५६८ नातिनातिनी

एक पुरुषका १० श्रीमती, ९८ छोराछोरी र ५६८ नातिनातिना छन् । परिवारमा ७०० भन्दा बढी सदस्य छन् । यो परिवार संसारकै सबैभन्दा ठूलो परिवार भएको बताइएको छ । अफ्रिम्याक्स इङ्लिसले भर्खरै यस परिवारलाई भेट्यो ।

अफ्रिकी देश युगान्डाको बुटालेजा जिल्लामा बस्ने ६७ वर्षीय मुसा हसदजी परिवारका प्रमुख हुन् । मुसाले आफ्ना १० श्रीमती रहेको र सबै एउटै घरमा सँगै बस्ने बताए । उनका १० श्रीमतीबाट ९८ सन्तान छन् ।

यी सन्तानबाट उनका ५६८ नातिनातिना छन् । मुसाले बहुविवाहलाई ईश्वरको वरदान भने । उनले युगान्डामा यतिधेरै श्रीमती हुने एकमात्र पति भएको दाबी गरे । जब मुसालाई सोधियो कि उसलाई सबै छोराछोरी र नातिनातिनाको नाम थाहा छ ?

यसमा उनले आफूले उनीहरूलाई छुट्याउन सक्ने तर सबैको नाम भने सम्झना नभएको बताए । जब मुसा उनी १७ वर्षको थिए, उनको पहिलो बच्चा जन्मिएको थियो । मुसाका धेरै छोराछोरी विवाहित छन्, धेरै पढिरहेका छन् ।

मुसाले घर नजिकै आफ्ना छोराछोरीका लागि झुपडीहरू पनि बनाए । मुसाकी जेठी श्रीमती हनिफा हसदजी, कान्छी श्रीमती काकाजी हुन् । काकाजीको उमेर मुसाका धेरै नातिनातिनाको भन्दा कम छ । मुसा भन्छन्, ‘दश बिहेसम्म चक्र चल्यो, तर अब उनको बिहे गर्ने मन छैन ।’

मुसाकी कान्छी श्रीमती काकाजीले श्रीमानले धेरै बिहे गरेमा कुनै समस्या नपर्ने र आफूहरू पूरै ख्याल राख्ने बताइन् । मुसाका सबै श्रीमतीले छुट्टाछुट्टै खाना पकाउँछन्, तर सबै मानिस एउटै घरमा बस्छन् । मुसाका यी पत्नीहरू युगान्डाका विभिन्न भागबाट आएका हुन् ।

मुसाले पहिलो विवाह गर्दा श्रीमतीलाई तीन गाई र चारवटा बाख्रा दाइजो दिएका थिए । दोश्रो श्रीमतीसँग बिहे गर्दा सोही रकम दाइजो दिइयो । दुई बिहे गरेपछि आफ्नो गाई र बाख्रा चाँडो सकिँदै गएको महसुस गरेको मुसाले बताए ।

त्यसपछि अर्को विवाहमा उनले दाइजोमा दुईवटा गाई दिन थाले । मुसाले आफ्ना ३० सन्तान हुँदा त्यो वर्ष निकै कठिन भएको, रोपेको बाली राम्रोसँग उत्पादन हुन नसकेको बताए । व्यापार पनि असफल भयो र परिवारमा खानेकुरा सकियो ।

यद्यपि, संकटको यो चरण बितिसकेको छ र परिवार फेरि ट्रयाकमा फर्किएको छ । मुसाले आफू जन्मेको परिवारमा दुई जना मात्र सदस्य रहेको बताए । परिवारको आम्दानी कम थियो, जसका कारण विद्यालय बिचैमा छाड्नुपरेको थियो । पहिलो विवाहपछि मुसाले कोदो बेच्ने व्यवसाय सुरु गरे ।

सुरुमा गुलु स्टेसनबाट रेल चढेर बजारलाई कम्पाला लैजान्थे । मुसाको यो व्यवसाय सफल भयो, त्यसपछि उनले गाई किने । यस्तो अवस्थामा उनको पहिचान आफ्नो क्षेत्रमा सफल व्यक्ति बन्न पुग्यो । त्यसपछि मुसाले अन्य स्त्रीहरूसँग विवाह गरे । यी महिलाका परिवारका सदस्यहरूले पनि उनको प्रभाव देखेर इन्कार गर्न सकेनन् ।

त्यसपछि मटन र कुखुराको व्यवसाय पनि सुरु गरेको मुसाले बताए । त्यसपछि एक समय आयो जब उनीसँग सयौं बाख्राहरू थिए । मुसाले आफूले शून्यबाट सुरु गरेको, मेहनतको फल पाएर सफल व्यवसायी भएको बताए । मुसासँग धेरै एकड जमिन छ, जहाँ उनले धेरै बाली उब्जाउँछन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ५ चैत्र २०७९, आइतवार १२:००