सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीले भोलि विश्वासको मत लिँदै, सत्तारुढ १० दल एकमत

सत्ता साझेदार १० दलका शीर्ष नेताहरुबीच आइतबार संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सोमबार प्रधानमन्त्रीले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सत्य निरुपण तथा मेलमिलाप तथा बेपत्ता व्यक्ति छानबिन आयोग सम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

त्यस्तै, , जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु साह लगायतका नेता पनि बैठकमा सहभागी थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार १८:५८