सूचनाको शक्ति - The Power Of Information

        

जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्

वेश्यालयमा काम गर्ने जस्मिनले आफू ग्राहकसँग प्रेममा परेको बताएकी छिन् । जैस्मीनले भनिन्, ‘प्रेमीले मलाई यतिबेला सपोर्ट गरिहेका छन् कि अरुहरु त्यसलाई सहजै सहज महसुस गर्न सक्दैनन् ।’ कानुनी रुपमा सञ्चालन भइरहेको वेश्यालयमा काम गर्ने जैस्मीन यतिखेर आफ्नो एक ग्राहकको प्रेममा परेकी छिन् ।

जस्मिनले आफ्नो प्रेमी वेश्यालयमा नै भेटेको बताएकी छन् । उनी त्यहाँ प्रायः ग्राहक भएर आउने गर्दथे । पछि दुवै प्रेममा परे । यो घटना अमेरिकाको नेभाडाको हो, जहाँ वेश्यालयहरू कानुनी छन् । त्यसैले नेभाडालाई ‘रेड लाइट डिस्ट्रिक्ट’ पनि भनिन्छ । जैस्मीन मूल रूपमा कोस्टारिकाकी हुन् । जस्मिन सम्बन्ध विच्छेदबाट गुज्रिएपछि र परिवारबाट कुनै सहयोग नपाएपछि जानाजानी यौन कार्यका लागि अमेरिका आएकी थिइन् ।

प्रसिद्ध युट्युबर ‘म्याट कलेन’सँगको कुराकानीमा जैस्मीनले आफ्नो कथा बाँडेकी छिन् । उनले भनिन् कि उनका प्रेमी प्रायः वेश्यालयमा आउँथे, जो हाल उनको गहिरो प्रेममा छन् । उनी सो वेश्यालयका नियमित ग्राहक थिए । नियमित वेश्यालयमा भएको सम्पर्कपछि दुबै नजिक आए । सन्देशबाट कुराकानी सुरु भयो । त्यसपछि अनलाइन गेम खेल्न थाले । त्यसपछि उनीहरु एकअर्कालाई डेट गर्न थाले ।

अन्ततः जैस्मीन र उनको प्रेमी दुबै वेश्यालयमा सँगै काम गर्न थाले । जब जैस्मीनलाई वेश्यालयमा काम गर्ने व्यक्तिसँग डेटिङ गर्दा कस्तो लाग्छ भनेर सोधिएको थियो, उनले जवाफ दिइन्, ‘यो फरक छ । धेरै फरक अनुभव ।’ आफ्नो प्रेमीका बारेमा उनी भन्छिन्, ‘कहिलेकाहीँ ग्राहकले मलाई तनाव दिन्छन् । तिनीहरूले भावनात्मक रूपमा ब्ल्याकमेल पनि गर्छन्, तर यो मेरो प्रेमी, मेरो प्रेमीले शान्त हुन सिकाउँछन् । उनी अरु जस्तो थिएनन् ।

उनी सबैभन्दा इमान्दार छन् र मेरो पेशाप्रति निकै सम्मान गर्छन् । त्यसकारण म पनि उनीलाई धेरै प्रेम गर्छु ।’ युट्युब अन्तरर्वार्ता हेरेका धेरैले आफुलाई सोध्ने गरेको बताउँदै भनिन्, ‘के यो सम्भव छ । मैले भनेको छु, यो प्रेम हो, वेश्यावृति होइन । र, हामीले वेश्यावृतिभित्र पनि प्रेम हुन्छ भनेर देखाएका छौं । धेरैलाई यो कुरा नपच्न सक्छ, तर यो मैले अनुभव गरिरहेको छु । यो मेरो जीवनको सबैभन्दा मिठो पल हो । उनी मलाई धेरै सहयोग गर्छन् ।’

त्यसैले त म अझै बढी उनीसँग मोहित हुन्छु । उनले आफ्नो प्रेमकथा भने पनि उनले आफ्नो प्रेमी भने सार्वजनिक गर्न मानिन् । तर, उनले यु टयुबमा अन्तवार्ता दिने क्रममा आफनो प्रेमीलाई पनि साथै राखेकी थिइन् । उनको अन्तावार्ता हेरेर उनका प्रेमी मुस्काइरहेका थिए । तर, उनले पारिवारिक कारण सार्वजनिक हुन मानेनन् । यति मात्रै भने, ‘हामी एक दिन सँगै अन्तावार्तामा देखिनेछौं । यो दिन आउनेछ ।

स्रोत : आजतक
प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार १६:२९