सूचनाको शक्ति - The Power Of Information

        

‘जय हो’ को घोषणा, भाद्र ८ मा रिलिज हुने

फिल्म ‘जय हो’को औपचारिक रुपमा घोषणा गरिएको छ ।

आगामी भाद्र ८ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्मको घोषणा गरीएको हो । टेक पौरखी राईको निर्देशनमा बन्न लागेको फिल्मलाई सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण गर्न लागिएको हो ।

कमेडी, एक्सन र लभस्टोरीको मिश्रण रहने फिल्मको निर्मातामा राज के अधिकारी र सुरज सरकार रहेका छन् भने प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

सौरभ लामाको छायांकन, सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिष शाहको सम्पादन रहने फिल्मको मुख्य सहायक निर्देशकमा दिप्त प्रकाश अधिकारी, प्रोडक्सन म्यानेजरमा केबलमान सिङ बस्नेत र गणेश भण्डारी, निर्माण संयोजकमा सुभाष काफ्ले छन् ।

‘जय हो’मा सुरेश न्यौपानेको कथा, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । आगामी चैत्र ५ गते (आइतबार)देखि छायांकनमा निस्कने फिल्मलाई मुस्ताङमा ९० प्रतिशत र तालनगरी पोखरामा १० प्रतिशत खिचिनेछ ।

फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङसँगै अतिथि कलाकारमा रोहित रुम्बा छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार १५:३२