सूचनाको शक्ति - The Power Of Information

        

क्रिकेट खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारले ६ लाख दिने

राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने क्रिकेट खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारले नगद ६ लाख दिने भएको छ।

प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई जनही दुई लाख रुपैयाँ दिने भाैतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले बताए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई प्रदेश सरकारले जनही दुई लाख रुपैयाँ दिने घोषणा गरेकाे मन्त्री देउवाले जानकारी दिए।

यसैगरी, टिममा परेका खेलाडी सन्दिप जोरालाई रु १ लाख र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन सावदलाई जनही रू ५० हजार गरी रू ६ लाख दिने घोषणा गरेको छ।

नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउन भूमिका खेलेकाले प्रदेश सरकारले उनीहरूलाई नगद पुरस्कार प्रदान गर्न लागेकाे मन्त्री देउवाले बताए।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार १५:२३