संसारलाई माया गर्ने
कर्तव्य पथमा बाँधिएको मानव
माया प्रेम सद्भावको अभावमा
आश्रम धाएको देख्दा
साँच्चै भावुक भएँ ।
जसलाई पुरै जीवन दियो
योग्य बनायो
आज तिनकै हृदयमा
अटाउन नसक्नु
यो कस्तो बिडम्वना !
कोखमा जन्मेका
काखमा खेलेका
सन्तति !
कस्ता अनि कहाँ होलान् ..?
यत्रतत्र सर्वत्र
कथा व्यथा उस्तै छ ।
मेरो शिक्षित र सम्पन्न समाज
मातवता खोज्दै
आश्रम धाउन नपरोस्
परिवार आश्रम अनि मन्दिर बनोस्
मानवताको कामना…. !
प्रतिक्षा स्मृति । दाङ