सशस्त्र प्रहरी बलका ५० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले १३३ जना सशस्त्र प्रहरी निरीक्षकसँगै डीएसपीको सरुवा गरेको हो ।
उपराष्ट्रपतिको निर्वाचनका कारण आचारसंहिता लागु भएपछि सशस्त्रले सरुवा गर्नका लागि निर्वाचन आयोगसँग अनुनमति लिएको थियो ।
सशस्त्र प्रहरी प्रवक्ता डीआइजी पुरुषोत्तम थापाका अनुसार उनीहरुलाई जेष्ठता अनुसार क्रमशः प्रस्तावित सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोष्ट (बीओपी) र अस्थायी सुरक्षा बेसहरुको कमाण्ड जिम्मेवारीमा खटाइएको हो ।
अवकास नजिक पुगेका तर विगतमा कमाण्डको जिम्मेवारी कम पाएकालाई पनि प्राथमिकता दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
को कहाँ भए सरुवा ?

सत्यपाटी संवाददाता । काठमाडौं