सूचनाको शक्ति - The Power Of Information

        

रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिममा परे

क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिमबाट परेका छन् ।

युरो २०२४ को छनोट अन्तर्गत यसै महिनामा हुने लिक्टेन्सटाइन र लक्जेम्बर्ग विरुद्धको खेलका लागि घोषणा गरिएको टोलीमा रोनाल्डो परेका हुन् ।

पोर्चुगलले मार्च २३ मा लिक्टेन्सटाइन र त्यसको तीन दिनपछि लक्समवर्गसँग खेल्नेछ ।

२०२२ को विश्वकपको खराब प्रदर्शनसँगै ३८ वर्षीय रोनाल्डोको अन्तर्राष्ट्रिय करिअरका विषयमा अनेकन अनुमानहरु गरिएको थियो । क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि रोनाल्डो भावुक हुँदै मैदानबाट बाहिरिएपछि उनी अन्तराष्ट्रिय फुटबलमा नफर्किने आशंका व्यक्त गरिएको थियो ।

विश्वकपमा तत्कालिन प्रशिक्षक फर्नान्डो सान्तोस रोनाल्डोप्रति सकारात्मक थिएनन् । तर, सान्तोसले पोर्चुगल विश्वकपबाट बाहिरिएसँगै राजीनामा दिएका थिए । उनको स्थानमा रोवेर्टो मार्टिनेजलाई पोर्चुगल राष्ट्रिय टिमको जिम्मेवारी दिएको थियो । उनले आफ्नो पहिलो रोजाइको टिममा रोनाल्डोलाई बोलाएका हुन् ।

रोनाल्डोले पोर्चुगलका लागि १९६ खेलमा कीर्तिमानी ११८ गोल गरेका छन् ।

रोनाल्डो हाल कीर्तिमानी मुल्यमा साउदी क्लब अल नसरमा आवद्ध छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार ०९:०६