सूचनाको शक्ति - The Power Of Information

        

अध्ययन अनुमतिपत्र लिने दोब्बर

माघको तुलनामा फागुनमा झन्डै दोब्बर विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुनमा १३ हजार ९४५ जनाले एनओसी लिएका छन् । माघमा अनुमतिपत्र लिनेको संख्या सात हजार ६१८ थियो ।

शाखाका प्रमुख वासुदेव वस्तीले जापानमा भाषा अध्ययनका लागि खुला भएकाले फागुनमा एनओसी लिनेहरूको संंख्या बढेको हुन सक्ने बताउनुभयो ।

माघ महिनामा जापानका लागि १५८ जनाले एनओसी लिएकोमा फागुनमा आठ हजार ९१ जनाले लिएका छन् । २५ हजार १५२ जनाले आवेदन दिएका थिए । गत महिना एनओसीबाट दुई करोड ८९ लाख ४२ हजार रूपैयाँ राजस्व आर्जन भएको थियो ।

फागुनमा अस्ट्रेलियाका लागि दुई हजार ६१० जनाले र क्यानडाका लागि एक हजार ६६० जनाले एनओसी लिएका थिए । माघमा अस्ट्रेलियाका लागि तीन हजार ५१७ जना र क्यानडाका लागि दुई हजार २४८ जनाले एनओसी लिएका थिए ।

सो महिना ३६ देशका लागि यस्तो लेटर जारी भएको थियो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार ०७:२१