सूचनाको शक्ति - The Power Of Information

        

शीतल निवासमा आज चियापान, सबै सांसदलाई निम्तो

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार चियापान समारोह आयोजना गर्दैछन् । संघीय संसद र सातै प्रदेशसभा सदस्यलाई निम्तो गरी राष्ट्रपति पौडेलले बिहान ९ बजे शीतल निवासमा चियापान कार्यक्रम गर्न लागेका हुन् ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपप्रधानमन्त्री, मन्त्री, सांसद, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरेको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले पहिलो पटक चियापान कार्यक्रम गर्न लागेका हुन् । उपराष्ट्रपतिको निर्वाचनका लागि अधिकांश सांसद काठमाडौं आइपुगेका वेला चियापान कार्यक्रमको मौका छोपिएको हो । पौडेलले गत फागुन २९ पदभार ग्रहण गरेका हुन् ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार ०६:५७