सूचनाको शक्ति - The Power Of Information

        

देशैभर तीन दिनसम्म हल्का वर्षा हुने

आगामी तीन दिन (आइतबार) सम्म देशैभर हल्का वर्षा हुने भएको छ ।

पश्चिमी वायुसँगै पश्चिमी वायु मिसिएपछि मौसम सक्रिय भएको हो । आगामी तीन दिनसम्म हल्का वर्षा हुने भएकाले निरन्तर झरी भने नहुने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान शाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

‘काठमाडौं उपत्यकासहित देशैभर मौसम सक्रिय छ । निरन्तर झरी भएर बाढी आउने सम्भावना छैन । हल्का रुपमा एकछिन पानी पर्ने फेरि रोक्ने घाम लाग्ने हुन्छ’ लामिछानेले भने, ‘पश्चिमी वायुसँग स्थानीय वायु सक्रिय भएपछि वर्षा भएको हो ।

त्यो प्रिमनसुनमा यस्तै हुन्छ ।’ आजदेखि सुरु भएको वर्षाले किसानलाई फाइदा हुने बताएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १७:१७