सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जको स्विमिङ पुल सर्वसाधारणका लागि खुल्ला

नेपालगञ्ज रंगशालास्थित पौडी पोखरी (स्विमिङ पुल) सञ्चालनमा आएको छ ।

नेपालगन्जका गर्मीलाई मध्यनजर गरि पौडी पोखरी सञ्चालनमा ल्याएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए ।

गत वर्षबाट पूर्णरुपमा सञ्चालनमा आएको पौडी पोखरी वर्षात शुरु भएपछि बन्द गरिएको थियो । पौडी पोखरीको सरसफाई गरि सञ्चालनमा ल्याएको उनले बताए । ‘सञ्चालनमा आएसँगै सर्वसाधारणका लागि समेत खुल्ला गरिएको छ,’ उनले भने ।

नेपालगन्ज रंगशालामा रहेको स्विमिङ पुल प्रयोगका लागि शुल्क निर्धारण गरिएको छ । समितिले सर्वसाधारणका लागि प्रति सिफ्ट दुई सय रुपैँया र विद्यार्थीका लागि प्रति सिफ्ट एक सय रुपैँया शुल्क निर्धारण गरेको कार्यालय प्रमुख चन्दले बताए ।

समितिले स्पेशल र सदस्य समुहका लागि छुट्टाछुट्टै सिफ्ट बनाएको छ । स्पेशल र सदस्य समुहका लागि विहान ८–१० बजे र स्पेशल समुहका लागि बेलुकी ४ः३०–६ः३० बजेको समय निर्धारण गरिएको लेखा अधिकृत मिनबहादुर जिसीले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार १७:०२