सूचनाको शक्ति - The Power Of Information

        

टिकटकलाई अमेरिकीको चेतावनी, ‘बिक्री नगरे प्रतिबन्ध’

संयुक्त राज्य अमेरिकाले टिकटक बिक्री गर्न वा सम्भावित प्रतिबन्धको सामना गर्न कम्पनीलाई चेतावनी दिएको छ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको भिडियो सेयरिङ एप टिकटकले राष्ट्रिय सुरक्षा जोखिम खडा गरेको अमेरिकी आरोप छ ।

अमेरिकाले बाइटडान्सलाई कम्पनीको सेयर बिक्री गर्न वा प्रतिबन्धको सामना गर्न चेतावनी दिएको बारे सुरुमा ‘वाल स्ट्रिट जर्नल’ले रिपोर्ट गरेको थियो । टिकटकमा संकलित लाखौँ व्यक्तिको तथ्यांक चिनियाँ सरकारसम्म पुग्न सक्ने अमेरिकी अधिकारीको चिन्ता छ ।

अहिले टिकटकले यो विषय पुष्टि गरेको बीबीसीले जनाएको छ । तर, बाइटडान्सले टिकटक बिक्री गरे पनि यसको डाटा प्रवाह र पहुँच परिवर्तन नहुने जनाएको छ । बाइटडान्सले टिकटक बेच्नुपर्ने र यसो हुँदा त्यो चीनबाट पूर्णरूपमा अलग हुने अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको विश्वास छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १८:२०