सूचनाको शक्ति - The Power Of Information

        

फिमेल भर्सनको गीतमार्फत पल शाहको ‘कमब्याक’

कलाकार पल शाह सार्वजनिक रुकुममा जारी महोत्सवमा सहभागी हुन बुधबार खलंगा पुगेका छन् । बहिनी रोशनीसँगै हेलिकप्टर चढेर शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन खलंगा पुगेका हुन् ।

आफू अभिनित पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’ को चर्चित गीत ‘तिम्रो घरको वरिपरि’ गाएर सुनाएका थिए । उनले जेल जीवनको अनुभवबारे केही बोलेका थिए । अब आफू म्युजिक भिडियोमार्फत अभिनयमा पुनरागमन गर्न लागेको समे घोषणा समेत गरे ।

कार्यक्रममा उनले एक वर्षअघि नै युट्युबमा रिलिज भइसकेको ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको फिमेल भर्सनको गीतमार्फत आफू कमब्याक गर्न लागेको बताए । गत महिना तनहुँ कारागारबाट रिहा भएपछि पल घरमै रहेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १७:२३