सूचनाको शक्ति - The Power Of Information

        

अश्लील हर्कत गर्ने कृषि तथा वन विश्वविद्यालयका डिन निलम्बित

चितवन रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्त निलम्बित भएका छन् । जुम बैठक चलिरहँदा एक महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि उनी निलम्बनमा परेका हुन् ।

बुधबार दत्तले एक महिला कर्मचारीलाई दुर्व्यवहार गरेको भिडिओ सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । उनलाई बिहीबार निलम्बन गरिएको कृषि तथा वन विश्वविद्यालयका उपकुलपति पुन्यप्रसाद रेग्मीले जानकारी दिए ।

बिहीबार बसेको बैठकले दत्तलाई निलम्बन गरेको र यस विषयमा छानविन गर्नका छानविन समिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ । छानविन समितिलाई प्रतिवेदन तयार गर्न चार दिनको समय दिइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १७:००