सूचनाको शक्ति - The Power Of Information

        

२० बर्ष कटेपछि विहे गर्ने युवतीलाई १० हजार

कालिकोटमा बालविवाह रोक्न नयाँ उपाय अपनाइएको छ । उमेर पुगेपछि मात्र विवाह गर्ने युवतीलाई १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

शुभकालिका गाउँपालिकाको वडा नम्बर ७ कार्यालयले उक्त निर्णय गरेको हो । उक्त निर्णय आजबाट लागु हुनेछ । युवतीको हकमा २० वर्ष पूरा गरेपछि विवाह गर्नेलाई १० हजार पुरस्कार दिने घोषणा गरिएको छ ।

वडाध्यक्ष प्रेमबहादुर शाहीद्वारा हस्ताक्षरित वडा कार्यालयको सूचनामा आजदेखि वडामा कसैले पनि विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने उल्लेख छ । त्यस्तो सिफारिस नलिई विवाह गरेमा वडाबाट पाइने सबै सुविधाबाट वञ्चित हुनुपर्ने निर्णय पनि गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १९:४८