कतारकी राजकुमारी आस्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल चढ्ने क्रममा दोस्रो आधार शिविर पुगेकी छन् । उनी आरोही निर्मल पुर्जाको टोलीसहित त्यहाँ गएकी हुन् । क्याम्प ६ हजार ७०० मीटर अग्लो स्थानमा छ भने हिमाल ८ हजार ९१ मीटर अग्लो छ ।
आरोहण टोली सात दिनमा दोस्रो आधार शिविर पुगेको हो । पुर्जाले आठ हजार मिटर अग्ला विश्वका १४ वटै हिमाल आरोहण गरिसकेका छन् ।राजकुमारी अल्थानीले भने यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजंघा, लोत्से, आमादब्लम, मनास्लु र पाकिस्तानको केटु हिमालको आरोहण गरिसकेकी छन् ।


सत्यपाटी संवाददाता । काठमाडौं