सूचनाको शक्ति - The Power Of Information

        

यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्छन् ?

यौन सबै सजिव प्राणीको आवश्यकता हो । यौन सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ । वैवाहिक जीवनमा यसले धेरै प्रभाव परेको हुन्छ । नेपाली समाजमा विवाहपश्चात् मात्रै यौनसम्पर्कलाई वैधता दिइन्छ । यद्यपी पछिल्लो समय विवाह अघि पनि मानिसहरु प्रेम र यौन सम्बन्धलाई सँगै लैजान्छन् ।

यद्यपी यौनबारे नेपाली समाजमा निकै भ्रामक कुराहरु फैलाइएको छ । यौनसम्पर्क अगाडी हुने मायाको अभिव्यक्तिले यौन जीवन सुखमय हुन्छ भन्ने ज्ञान जोडीहरुलाई छैन । त्यसैले पनि अक्सर जोडीको यौन जीवन सुखमय छैन । हाम्रा विद्यालयमा अझै पनि यौन शिक्षा दिँदा धेरै छात्राहरु विद्यालय नै आउँदैनन् । यस सम्बन्धी केही तथ्य, यथार्थ र भ्रम यस्ता छन् ।

कति समय हुन्छ चरम सुख ?

यौन सम्बन्धको बेला समयले निकै महत्व राख्दछ । धेरै पुरुष आफू यौन सम्पर्क राख्दा निकै कम समय टिकेको र छोटो समयमा नै स्खलन भएको भनी हीनताबोध गर्दछन । र तिनका पार्टनरको गुनासो हुन्छ मलाई मज्जा नै नआई उसलाई पुग्यो ।

विभिन्न सञ्चार माध्यममा राखिएका यौन सम्बन्धि कार्यक्रममा पनि अक्सर यस्ता गुनासो आइरहेको हुन्छ । यसको कारण उनीहरुले आफ्नो पार्टनरलाइ सन्तुष्ट बनाउन सकिन कि भन्ने कुराले पिरोल्छ । तर, एक सर्वेक्षणका अनुसार अधिकांश मानिसको यौन समय करीब बराबर नै रहन्छ ।

अर्थात् अधिकांश जोडीहरु यौन सम्बन्धमा १२ मिनेटसम्म टिक्छन् ्र सेक्स टोय बनाउने एक कम्पनीले गरेको सर्वेक्षणमा ४३२ जोडी संलग्न थिए जसले २ हजारभन्दा बढी समय यौन सम्पर्क राखेका थिए । उनीहरुसँग उनीहरुको यौन जीवनको बारेमा सोध्दा एक अचम्मको तथ्य फेला परेको थियो ।

१२ मिनेट मात्रै ?

सर्वेक्षणको नतिजाले अधिकांश जोडी यौन सम्पर्क राख्दा केवल १२ मिनेट टिक्ने गरेको देखाएको छ । १२ मिनेट निकै कम समय भएको लाग्दछ । तर, अध्ययन प्रतिवेदनमा यो केवल पेनिट्रेसनको मात्रै समय हो कि अथवा फोरप्लेसहितको समय हो भन्नेबारे भने उल्लेख गरिएको छैन ।

क्लाइमेक्समा १२ मिनेटभन्दा बढी समय

यौन विशेषज्ञहरुका अनुसार महिलालाई क्लाइमेक्समा पुग्न करीब १२ मिनेटको समय लाग्छ । त्यस्तै, एक अर्को शोधले भने यौनको पूरा समय ३० मिनेटभन्दा कम भएमा महिला चरमोत्कर्षमा पुग्न नसक्ने देखाएको छ । हो, अधिकांश नेपाली महिलाहरुले यसकारण चरम यौन सन्तुष्टि लिन सकेका छैनन् ।

समयभन्दा अनुभव महत्त्वपूर्ण

कुनै पनि जोडीको सम्बन्ध प्रगाढ बन्न उनीहरुको यौन जीवन पनि राम्रो र स्वस्थ हुनु जरुरी छ । तर, यौनसम्पर्कका क्रममा समयमा भन्दा यौन अनुभवमा ध्यान दिनु बढी महत्त्वपूर्ण हुन्छ । यसले नै यौनलाई आनन्दमय बनाउन सक्छ ।

यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्छन्

यौन मामिलामा अर्को रोचक तथ्य पनि छ । त्यो हो यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्छन् । हो, यौन सम्बन्धमा महिलाहरु त्यति खुलेर कुरा गर्दैनन् । उनीहरु यौन सन्तुष्टिको विषयमा झुट बोल्ने गर्छन् । उनीहरु आफु सन्तुष्ट नभए पनि आफ्नो पाटनरसँग जुटो बोल्ने गर्छन् । उनीहरुको अक्सर जवाफ हुन्छ, हजुर मलाई मजा भयो ।

तर महिलाहरु साँच्चिकै यौन सन्तुष्टिको कारण नभइ कतिपय अवस्थामा पार्टनरको रेस्पेक्ट र उनीहरुलाई गरेको प्रेमको कारण पनि यस्तो झुटो बोल्ने गरेको अनुसन्धानले देखाएको हो । कतिपय अध्ययन प्रतिवेदनले महिलाहरु यौन सन्तुष्टि नपाए पनि आफ्नो यौन जोडीसँग आफूले सन्तुष्टि प्राप्त गरेको भनी झूट बोल्ने फेक अर्गाजम गरेको देखाइसकेका छन् । तर, उनीहरु किन यस्तो गर्छन् त भन्ने प्रशनको जवाफमा ति शोध अनुसन्धानले देखाएका छन्

१. पुरुषको अहम् – महिलाको फेक अर्गाजमको पछाडि धेरै कारण हुन्छन् । त्यसमध्ये एक हो पुरुषको अहम् । पुरुषहरु महिलालाई बेडमा सन्तुष्ट गर्ने कुरालाई आफ्नो अहम् अथवा इगोको रुपमा लिन्छन् । त्यसैले पुरुषको अहममा ठेस नपुगोस् भनेर उनीहरु झुट बोल्छन् ।

पुरुषहरु बेडमा पार्टनरलाई यस्तो भ्रमित पार्छन् कि उनै संसारको सबैभन्दा बलबान् शक्तिशाली र यौन सन्तुष्ट दिने व्यक्ति हो । उनीहरुको यहि भावनामा डराएर, रेस्पेक्ट दिन, माया दर्शाउन महिलाहरुले आफूलाई ब्यग्र मजा नआए पनि सन्तुष्ट भएको झुटो बयान दिन्छन् ।

२. अन्योलमा रहनु – केही महिलाले आफू अर्गाजममा नपुगे पनि आफूले अर्गाजममा नपुगेको रियाक्सन देखाएमा पुरुष पार्टनरले त्यसलाई कुन रुपमा हेर्छन् भन्ने विषयमा अन्योलमा रहन्छन् । यही अन्योलका कारण उनीहरुले अवास्तविक हाउभाउका साथ फेक अर्गाजमको सहारा लिने गर्छन् ।

३. मूड नहुनु – महिलाहरु कतिपय अवस्थामा यौनका लागि तयार नभएका हुन सक्छन् । जस्तोको लामो यात्रपछि, बिरामीपछि निको भएको अवस्थामा महिनावारी नरोकिँदै, यौनांगमा कुनै घाउ भएमा वा स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या आएको अवस्थामा यदि यौन सम्पर्क भइहाले पनि उनीहरु चरममा पुग्न सक्दैनन् । तर, उनीहरु आफ्नो पार्टनरको विश्वासमा कमी नआओस् भन्ने हेतुले झूटको सहारा लिन्छन् ।

४. नर्भस हुनु – पुरुषले कम्फोर्टेबल महसूस गरेपनि महिलाले कम्फोर्टको अनुभूति नगरी चिन्तित हुन सक्छन् । यसको प्रभाव यौनमा पर्छ र महिलाले आफूले आनन्द नलिए पनि पार्टनरको अनुभवलाई राम्रो बनाइदिन आफू खुसी र सन्तुष्ट भएको फेक अर्गाजम गर्छन् ।

५. दबाब – कतिपय अवस्थामा पुरुषले आफू चरममा पुग्न लाग्दा महिलालाई पनि चरममा पुगे नपुगेको बारे सोध्ने गर्छन् र क्लाइमेक्समा जान भन्दछन् । तर, यौन सन्तुष्टि होस् भनेर हुने वस्तु होइन । यो जबरजस्ती गरेर भन्न लगाउने बानीको दबाबमा उनीहरुले झुटको सहारा लिन्छन् र मज्जा आएको आभाष गराइदिन्छन् ।

के साँच्चीकै शारीरिक सम्बन्धलाई सुखमय बनाउने हो ?

शारीरिक सम्बन्धले मानव जिवनमा विशेष महत्व राख्दछ । अझ वैवाहिक जीवनमा यसले निकै महत्वपूर्ण भूमिका खेल्छ । यदि आफ्नी जीवनसाथीको यौन सम्बन्धी अनुभूतिलाई सुन्दर बनाउन चाहनुहुन्छ भने अर्गाजम महसूस गराउन सहयोग गर्नुहोस् ।

यस्ता छन् केही तरिका यसप्रकार छन्

१. फोरप्ले – चरम आनन्दका लागि फोरप्लेको अहम् भूमिका रहन्छ । उनीहरुसँग यौन सम्बन्धी कुराकानी गर्ने, रोमाञ्चक वातावरणको सृजना गर्ने, शरीरका विभिन्न भागलाई सुम्सुम्याउने अथवा चुम्बन गर्ने आदि क्रियाकलापले महिलालाई उत्तेजित बनाउन सकिन्छ । विशेषगरी, फोरप्लेले महिलालाई उत्तेजित गर्दछ जसका कारण योनिमा तरल पदार्थ आउनुका साथै योनि खुल्न पनि सहयोग गर्दछ ।

यसले यौन क्रिया र चरम आनन्दमा निकै सहयोग गर्दछ । यदि यी कुनै पनि क्रियाकलाप नगरीकन सिधै यौनसम्पर्क गर्नुभयो भने महिलालाई असह्य पीडा हुन्छ । अनि उनले माथि भनेजस्तै झुटको सहारा लिन्छिन् । अनि यदि तपाई महिला पार्टनर हुनुहुन्छ भने पुरुषलाई उत्तैजित पारेर मात्र तयार हुनुहोस् ।

२. क्लिटरिस प्ले – चरम आनन्दका लागि क्लिटरिस प्ले अर्थात् योनिको भागलाई खेलाउनुले पनि सहयोग गर्दछ । हातले योनिलाई चलाउनु अथवा मुखमैथुन गर्नाले महिलाहरु उत्तेजित हुन्छन् जसले उनीहरुलाई अर्गाजममा पुर्याउन सहयोग गर्दछ । यसो गर्दा यौन सम्पर्कको लागि पनि सहज हुन्छ ।

३. यौन सम्बन्धी कुराकानी – कतिपय जोडी यौन सम्बन्धी कुरा गर्न हिच्किचाउँछन् । तर, यौन सम्बन्धी कुराकानी गर्नाले एकअर्काको धारणा बुझ्न सकिन्छ । दुवैले आफूलाई मन पर्ने यौन आसनको बारेमा पनि थाहा पाउन सकिन्छ र दुवैको रुचिलाई पहिल्याई महिलालाई चरम आनन्दको अनुभूति दिलाउन सकिन्छ । तपाई पार्टनरको लागि सबथोक बन्न तयार हुनुहोस् अनिमात्रै पार्टनरको मन बहकिँदैन ।

४. सुरक्षित सम्बन्ध – यौन कल्पनालाई वास्तविक जीवनमा प्रयोग गर्नुभन्दा पहिला आफ्नो जोडीलाई सुरक्षित यौन सम्बन्धको लागि भरोसा दिलाउनुपर्छ ताकि उनीहरुमा कुनै किसिमको लाज र संकोच नहोस् र उनीहरु सहज महसूस गर्न सकून् । यदि महिलाहरुले कुनै पनि कारणले असहज महसूस गरे भने चाहेर पनि उनीहरुलाई चरम आनन्द प्रदान गर्न सकिँदैन ।

बिहान उठ्नेबित्तिकै शारीरिक सम्पर्क गर्दा फाइदा हुन्छ ?

हो, मानिसको जीवनमा यौनको धेरै महत्व हुन्छ । तर जथाभावी यौन सम्बन्धले रोगको संक्रमण मात्र होइन जीवन नै बर्बाद समेत गर्न सक्दछ । हाम्रा स्कुले कोर्सहरुमा यस्ता कुराहरु समावेश छैनन् त्यसैले पनि यौनकुण्ठा पालेर बस्नेहरुको कुण्ठा विष्फोट भई विभिन्न समस्या आईपर्छ ।

तर सहमतिमा र आफ्नो खास मान्छेसँगको सम्बन्धले तपाईको जीवनमा गुणात्मक रुपमा सफलता ल्याउँछ । अधिकांश मानिसहरु राति सुत्ने बेलामा सेक्सुअल रिलेशन राख्दछन् । तर एक तथ्याङ्कले बेलुकीको समयमा गरिने यौन सम्बन्धभन्दा बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले धेरै फाईदा पुग्ने उल्लेख गरेको छ ।

यी हुन् फाइदा

  • बिहानीपख यौन सम्बन्ध राख्दा तपाई दिनभरि नै आफुलाई ताजा महशुस गर्न सक्नुहुन्छ ।
  • बिहानीपख यौन सम्बन्ध राख्दा तपाई विभिन्न किसीमका यौन संक्रमणको ३० प्रतिशतभन्दा बढी खतराबाट मुक्त हुनुहुनेछ ।
  • बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले तौल घटाउनका लागि पनि मद्दत मिल्दछ ।
  • तपाईको सही यौन सम्बन्धका कारण आफ्नो अनुहारमा चमक पनि पाउनु हुनेछ

अनुसन्धानका अनुसार बिहानको साढे ७ बजे यौन सम्बन्धका लागि एकदमै उचित समय हो । दिउँसोभरी स्फूर्तिका साथ काम गर्न जाँगर लाग्ने गर्छ । पुनश्च इटालीमा गरिएको यस्तो अनुसन्धानले यतिबेला सेक्स गर्दा सन्तानको इच्छा राखेका जोडीलाई समेत निकै फाइदाजनक हुने बताएको छ ।

शारिरीक सम्बन्धबाट नै निको हुने केही रोग

मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ ।

नियमित सेक्स गर्दा के–के फाइदा हुन्छ

१. टाउको दुख्ने – नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा पाँच पटकभन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

२. ब्लड प्रेशर – उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

३. प्रोस्टेट क्यान्सर – नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।

४. मोटोपन – मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

५. हृदयघातबाट कम खतरा – नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १३:२२