सूचनाको शक्ति - The Power Of Information

        

यौन इच्छा तीव्र हुँदा महिलाले देखाउँछन् यस्ता पाँच व्यवहार

जीवित प्राणीका लागि गास, बास जस्तै अत्यावश्यक कुरा हो, यौन। विशेषगरी पूर्वीय समाजमा यसलाई गोप्य राख्नुपर्ने मान्यता स्थापित छ । अझ पुरुषको तुलनामा महिलाहरू यस मामलामा निकै चनाखो हुन्छन अर्थात यस विषयमा हत्तपत्त मुख खोल्दैनन् ।

सामाजिक कारणले मात्रै होइन कि जैविक करणले पनि महिलाले आफ्नो यौन चाहना शब्द बोलीमा व्यक्त नगर्ने गरेको पाइएको छ । उसो भए महिलामा यौन चाहना उत्पत्ति भएको कसरी थाहा पाउने त ? यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेका बेला देखाउने व्यवहारको चर्चा गरिएको छ ।

१. नजिक आउन खोजे – महिला अनपेक्षितरूपमा तपाईंको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाईलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरू खुट्टाको बुढी औंलाले भुइँमा कोतर्न थाले भने पनि उनीहरूको चाहाना बुझ्नुपर्छ । कतिपय स्त्रीहरू च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

२. अँगाल्दा कम्मर वा अन्यत्र हात राख्ने – यदि तपाईंसँग रहेकी स्त्रीले तपाईलाई अंगालिरहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाईसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाईंको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिनेजस्ता व्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

३. लामो र गहिरो श्वास लिने – यदि स्त्रीले तपाईको नजिक भएर लामो र गहिरो श्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भइरहेको छ भन्ने बुझ्नुस् महिला उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् महिलाहरू उत्तेजित भएपछि उनीहरूको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागमा छुने समेत गर्छन् ।

४. पुरुषसँग एकान्त बस्न चाहने – यदि कुनै पनि स्त्रीले तपाईसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाईसँग बिताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ कठिन छैन ।

५. अनुहार रातो हुने – स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरूको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकांश महिलाको अनुहारमा पनि यो चाहना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता सामान्य लक्षण हुन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १३:०३