सूचनाको शक्ति - The Power Of Information

        

घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला

सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको शव फेला परेको छ । मंगलबार साँझ वीरेन्द्रनगर–१० बुदबुदीमा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको शवको सनाखत हुन सकेको छैन । फेला परेको शव राष्ट्रिय अनुसन्धानका कर्मचारी रहेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीका अनुसार घटना अनुसन्धानको लागि प्रहरीले कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा खटिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०९:४१