सूचनाको शक्ति - The Power Of Information

        

अनलाइनबाट शुक्रकीट मगाएर महिलाले जन्माइन् छोरी, नाम ‘इ–बेबी’

अनौठो तरिकाबाट गर्ववती भएपछि इङ्ल्याण्डकी एक महिला चर्चित बनेकी छिन् । ३३ वर्षीया ती महिलाले अनलाइनबाट शुक्रकीट मगाएर त्यसको प्रयोग गरी गर्भवती भएर छोरीलाई जन्म दिएकी छिन् ।

इङल्याण्डको ननथोर्प निवासी स्पेफनी टेलर नामकी ती महिलाले पतिसँग सम्बन्धविच्छेद गरेकी थिइन् । ती पतिबाट जन्मिएको ५ वर्षको बच्चा थियो । स्पेफनीलाई अर्काे बच्चा जन्माउने रहर भयो । तर उनलाई तत्काल कुनै अर्काे पुरुषसँग सम्बन्ध बनाउने रुची थिएन् ।

उनले प्राइभेट फर्टिलिटी क्लिनिबाट त्यो निकै महंगो पर्ने भएकाले त्यसमा मन लगाइनन्। उनकी एक साथीले एउटा मोबाइल एपका विषयमा जानकरी दिइन् । जहाँ आफूलाई मन परेको वा आवश्यक विषयमा प्रोफाइल खोलेर जानकारी र सहायता प्राप्त गर्न सकिन्छ । उक्त एपमा उनले ‘इ–बेबी’ बारे जानकारी पाइन् ।

त्यहीबाट उनले शुक्रकीट दान गर्ने व्यक्ति पनि फेला पारिन् । उनले गर्भाधान कीट पनि अर्डर गरिन् । उनलाई शुक्रकीट दान गर्न २०२० अक्टुबर १५ मा दाता पुरुष उनको घरमै आएका थिए । ती पुरुषले दान गरेको शुक्रकीट र गर्भाधान कीटको सहयतामा कसरी प्रयोग गर्ने भनेर युट्युबमा हेरिन् । सोही अनुसार गरेपछि पहिलो प्रयासमै उनी गर्भवती हुन सफल भइन् ।

यस तरिकाबाट जन्मिएको भएर उनले आफ्नो छोरीलाई इ बेबी भन्ने गरेकी छिन् । उनले यसरी छोरीलाई जन्म दिएपछि उनकी आमा र बहिनी पनि निकै खुसी भएका छन् । शुक्रकीट दान गर्ने पुरुषको परिचय गोप्य रहेको र उनले भविष्यमा डिएनएका आधारमा बच्चामाथि दावी नगर्नेमा स्टेफानी ढुक्क छिन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०८:१७