सूचनाको शक्ति - The Power Of Information

        

२०७९ चैत १ गते बुधवारको राशिफल, कसको भाग्य कस्तो ?

२०७९ चैत १ गते बुधवार, १५ मार्च २०२३ । चैत्र कृष्णपक्ष अष्टमी तिथि, १५ः१५ बजेपछि नवमी । मूल नक्षत्र । चन्द्रराशि– धनु ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताले काममा जुट्न नसकिएला । आशा देखाउनेहरूबाट उचित सहयोग प्राप्त नहुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । काममा दोहोर्याएर प्रयत्न गर्दा मेहनतको फल प्राप्त हुनेछ । फाइदा नहुने काममा जुट्नुपरे पनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । सामान्य काममा धन र श्रम खर्चनुपर्ला । पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय छ । यात्राको साइत जुर्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समयतालिका नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । परिस्थितिवश आँटेको काम रोकिन सक्छ । नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

समयमा आलस्य गर्दा दुःख पाइनेछ । बेसुरमा बोल्ने बानीले काम बिग्रने अवस्था आउन सक्छ । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुने देखिन्छ । अरूको फाइदाका लागि उपयोग भइएला । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । अरूको सुझावमा भर नपर्नुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ । मेहनतले अवसर दिलाउनेछ । कर्मको उचित प्रतिफल पाइने हुँदा राम्रै धन आर्जन हुनेछ । अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ । ईर्ष्या गर्नेहरूले पनि सताउनेछन् । पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । अध्ययनमा समय दिन नसकिएला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पछिका लागि सम्भावना देखिए पनि तत्काल न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने समय छ । सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । स्वास्थ्य कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला । परिबन्धले समस्या निम्त्याउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

मेहनत गर्दा नयाँ काम फेला पर्नेछ । कृषि, पशुपालनमा आदिमा फाइदा हुने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । तर पहिलेका कमजोरी बाहिर आउनाले काममा समस्या पर्न सक्छ । तापनि विभिन्न अवसरले पछ्याउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला । मिहिनेत गर्दा भविष्यका लागि जग बसाउने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा सामान्य फाइदा हुनेछ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०६:४१