बाँकेको खजुरामा जारी सप्ताहब्यापी श्रीमदभागवत ज्ञान महायज्ञ १ दिनका लागी थप गरिएको छ ।
दानकर्ताहरुको चाप र स्थानीयको मागलाई सम्बोधन गर्दै महायज्ञको अवधि थप भएको आयोजक लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
२४ गतेबाट सुरु भएको महायज्ञमा सोमबार मात्र १५ लाख बढी रकम संकलन भएको महायज्ञ सम्पादन समितिको आर्थिक उपसमितिले जानकारी दिएको छ ।
आर्थिक सहयोग दिनेहरुको चाप बढ्दै गएको र संकलनको व्यवस्थापनका कारण भागवत कथाको अध्याय नसकिएकाले एकदिनका लाथि महायज्ञको अवधि थप भएको सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । उनले स्थानीयको मागलाई ध्यानमा राखेर चेत्र १ गते कथा प्रवचन सक्ने गरि समापनको कार्यक्रम तय गरिएको जानकारी दिए ।
सोमबार मात्र स्थानीय उद्योगी उत्तमराज घिमिरेबाट १ लाख ११ हजार, स्थानीय समाजसेवी धनसिंह रानाबाट १ लाख १ हजार १११ आर्थिक सहयोग प्रदान भएको अर्थिक समितिका संयोजक बिजय बुढाथोकीले बताए । रु ५ हजार दान दिनेको नाम समेत शिलालेखमा समावेश गरिने निर्णय भएसँगै दान दिनेहरुको घुँईचो लागेको उनले बताए ।
खजुरा आसपासका ऐतिहासिक मठ मन्दिरहरु सहित खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने र खजुरामा ६० फुट अग्लो सालिग्राम माथि विशाल सुदसैन चक्र सहितको लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा बालकृष्ण अर्याल सहितको संगीतमय टोलीले धार्मिक कथा वाचन गरिरहेका छन् ।
भागवत कथा संगै कलाकारहरुको सन्देशमुलक र राष्ट्रप्रेम झल्कने जिवन्त कलाले महायज्ञमा अर्को उर्जा थपेको स्थानीय शिक्षिका पद्मा शर्माले बताइन् ।
सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालका संकल्पकर्ता सन्त दीनदयालजी महाराजकै संकल्पमा आयोजित महायज्ञले खजुरा क्षेत्रमा धार्मिकस्थलहरुको सम्बद्र्धन हुने र धार्मिक स्थलहरुको महिमाको प्रचार हुने मन्दिर व्ष्वस्थापन समितिका सदस्य राधा ढकालले बताइन् ।
सत्यपाटी संवाददाता । बाँके