सूचनाको शक्ति - The Power Of Information

        

उमेरका हिसाबले कति पटक यौन सम्बन्ध राख्ने ?

उमेरको हिसाबले कति पटक यौन सम्पर्क गर्ने भन्ने कुराको कुनै नियम छैन । सेक्स कति पटक गरियो भन्ने भन्दा पनि कति सन्तुष्ट भइयो भन्ने कुराले बढी अर्थ राख्ने विशेषज्ञहरु बताउँछन् ।

हालै गरिएको एक रिसर्चका अनुसार उमेरका हिसाबले मानिसहरुले कति सेक्स गर्छन या गर्नुपर्छ भन्ने एक निष्कर्ष निकालिएको छ । अमेरिकाको किनसे इन्स्टिच्युट अफ रिसर्च इन् सेक्सले गरेको एक अध्ययनमा मानिसहरुले एक बर्षमा औसतमा कति पटक सेक्स गर्छन भन्ने कुराको एक तथ्यांक सार्वजनिक गरेको छ ।

रिसर्चको नतिजा अनुसार १८ देखि २९ बर्ष उमेरकाले बर्षमा औसत ११२ पटक सेक्स गर्ने गर्दछन् । त्यस्तै ३० देखि ३९ बर्ष उमेरकाले बर्षमा ८६ पटक सेक्स गर्ने गर्दछन् भने ४० देखि ४९ बर्ष उमेरकाले बर्षमा ६९ पटक सेक्स गर्ने तथ्य सार्वजनिक गरेको छ ।

रिसर्चमा करिब १३ प्रतिशत जोडी जो विवाहपछि सेक्स गर्न निकै कम भएको बताएका थिए भने ४५ प्रतिशत जोडी जसले महिनामा एक दुई पटक मात्र सेक्स गर्ने गरेको खुलासा भएको छ । रिसर्चमा विवाहपछि सेक्स गर्ने पटक घट्नुमा जिम्मेवारी बढ्नु, कामको बढी प्रेसर हुनु जस्ता विषय सामुन्ने आएका छन् ।

त्यस्तै उमेर बढ्दै गएपछि मानिसहरु विभिन्न रोगले ग्रसित हुने हुनाले पन इसेक्स प्रतिको आकर्षण घटेको बताइएको छ । रिसर्च र अनुसन्धानले जे देखाएपनि सेक्सको सम्बन्ध आफ्नो पार्टनरसँग राम्रो समय बिताउनु पनि हो । जहिलेसम्म तपाइँ आफ्नो सेक्स प्रति सन्तुष्ट हुनुहुन्छ कति पटक गरियो भन्ने कुराले खासै अर्थ राख्दैन ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १६:२२