सूचनाको शक्ति - The Power Of Information

        

दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प

दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रिक्टर स्केलको भूकम्प गएको हो।

यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ०७:३७