सूचनाको शक्ति - The Power Of Information

        

गुमाए एक वर्षमा ९ खर्ब

सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब गुमाएका छन् । गत वर्षको माघदेखि चालू आर्थिक वर्षको माघसम्ममा लगानीकर्ताले यो रकम गुमाएका हुन् ।

पछिल्लो महिनाहरुमा सेयर बजारमा भएको निरन्तर गिरावटका कारण लगानीकर्ताले ठूलो रकम गुमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तमा सेयर बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रुपैँया रहेको छ ।

२०७८ माघ मसान्तमा ३९ खर्ब ५९ अर्ब ६५ करोड रुपैयाँ रहेको बजार पुँजीकरण सेयर बजारमा आएको निरन्तर गिरावटसँगै घटेको हो । २०७८ माघको तुलनामा चालु आवको माघ महिनासम्ममा धितोपत्र बजार पुँजीकरण ८ खर्ब ९७ अर्ब ६९ करोड रुपैयाँ घटेको छ ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ०७:२५