सूचनाको शक्ति - The Power Of Information

        

आज २०७९ फागुन ३० गते मंगलवारको राशिफल

२०७९ फागुन ३० गते मंगलवार, १४ मार्च २०२३ । चैत्र कृष्णपक्ष सप्तमी तिथि, १७ः०६ बजेपछि अष्टमी । ज्येष्ठा नक्षत्र । चन्द्रराशि– वृश्चिक ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

शरीरमा कमजोरी अनुभूति हुनेछ । लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ । समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कामको चापबाट फुर्सदिलो भइनेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ । आय बढ्नुका साथै उपहार प्राप्त हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढ्ने काम प्रारम्भ हुन सक्छ । प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ । प्रगतिमाथि ईर्ष्या गर्नेहरूले पनि दुःख दिनेछन् । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला । परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । टाढिएका साथीभाइ नजिकिनेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिवश चिताएको काम पूरा गर्न नसकिएला । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । तत्काल ठूलो फाइदा नदेखिएकाले हिसाबकिताबमा होसियार रहनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ । परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्ने सम्भावना देखिन्छ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला । बेसुरको निर्णयले समस्या निम्त्याउनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । तर शुभचिन्तकहरूले अप्ठ्यारो पर्दा साथ दिनेछन् । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ । बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ । आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ०६:३१