सूचनाको शक्ति - The Power Of Information

        

गीत ‘नाटू नाटू’ले जित्यो ओस्कार अवार्ड

‘आरआरआर’मा समावेश चर्चित गीत ‘नाटू नाटू’ले संसारकै प्रतिष्ठित ओस्कार अवार्ड जितेको छ ।

९५औं ओस्कार अवार्डमा उक्त गीतले ‘बेस्ट ओरिजिनल सङ’को अवार्ड जितेको हो । सोमबार लस एन्जलिसको डल्बी थिएटरमा भैरहेको  ओस्कारमा गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरवानीले ट्रफी लिएका थिए ।

ओस्कार अवार्डमा ‘आरआरआर’का निर्देशक एसएस राजामौली, अभिनेताद्वय रामचरण र जूनियर एनटीआर पनि सहभागी थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १७:४६