सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति पौडेलको पहिलो निर्णय : मोरक्कोका लागि राजदूत नियुक्त

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरे लगत्तै गैरआवासीय राजदूत नियुक्त गर्दै पहिलाे निर्णय गर्नु भएकाे छ ।

उहाँले आज पदभार ग्रहण गर्दै गैरआवासीय राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालय राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम ईजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएकाे हाे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १७:३४