सूचनाको शक्ति - The Power Of Information

        

यौन सम्पर्कका लागि महिलालाई कसरी तयार पार्ने ?

यौन सम्बन्ध पुरुष र महिलाबीच शारीरिक र प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । पुरुष र महिला दुवै यौन सम्पर्कका लागि तयार नभए यौन सुख प्राप्त गर्न नसकिने निष्कर्षमा समेत कतिपय अध्ययन पुगेका छन् ।

पछिल्लो पटक गरिएको एक अध्ययनले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरूले यौन सम्बन्धको बेला के सोच्छन् भन्ने तथ्य बाहिर आएको छ ।

यौनक्रिडामा पूरा ध्यान – ओच्छ्यानमा हुँदा महिलाहरू आफ्नो पार्टनरले पूरै ध्यान यौन सम्बन्धमै देओस् भन्ने चाहन्छन् । सर्वेमा सहभागी करीब ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको माया बढी अनुभव हुने बताएका थिए । आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने क्रियाकलाप रहेको अध्ययनको निष्कर्ष छ ।

पाकक्रिडा महत्वपूर्ण – महिलाहरू यौन सम्पर्क शुरू हुनुअघि गरिने क्रियाकलापमा बढी चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पूरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरू होस् भन्ने महिलाको चाहना हुन्छ । सर्वेमा सहभागी अधिकांश महिलाले पुरुषहरू सेक्सको विषयमा अलि रचनात्मक हुनुपर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नुपर्ने बताएका थिए ।

आनन्द र सन्तुष्टिबीच फरक – किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुषजस्तै कण्डम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टि हुने बताए । यद्यपि कण्डम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरूको भनाइ थियो ।

बिस्तारै गरेको राम्रो – यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरू आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरूलाई मन पर्छ ।

वातावरणको भूमिका – शोधमा सहभागी अधिकांश महिलाले उपयुक्त मौसम वा वातावरण नबने यौन आनन्द लिन नसकिने बताए । चिसो मौसममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने उनीहरूको भनाइ थियो । गर्मीमा सेक्सको चाहना र आनन्द बढी हुने महिलाको अनुभव अध्ययनबाट खुलेको छ ।

आसनको भूमिका – यौन क्रिडामा आसनको भूमिका पनि महत्त्वपूर्ण हुने महिलाको भनाइ छ । शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरूको तल सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टि अनुभव गर्ने गर्छन् । तर सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरूको भनाइ छ । अधिकांश महिलाले डगी स्टाइल अर्थात् महिला चार हातखुट्टा टेकेर बस्ने र पुरुषले पछाडिबाट यौन क्रिडा गर्ने पोजिसन सबैभन्दा आनन्ददायी रहेको बताए ।

विभिन्न तरिका – अस्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स भन्छन्, ‘सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सेक्सबाट चरम अवस्थामा पुगेका थिए । अधिकांश युवतीहरूले पुरुषले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए । ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए ।

हतार नगर्दा राम्रो – अधिकांश पुरुषहरू महिलाको भन्दा पनि आफ्नो सन्तुष्टिलाई बढी ध्यान दिन्छन् । कतिपय अवस्थामा त महिला तयार नै नहुँदै पुरुष स्खलित हुन्छन् । सर्वेका क्रममा अधिकांश माहिलाहरूले आफूहरू १० मिनेटभित्र चरम अवस्थामा पुग्ने तर पुरुष त्यतिञ्जेल पनि हतारिने बताए ।

संवेदनशील अंगको पहिचान – महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरू आफ्नै जस्तो गरेर महिलासँग व्यवहार गर्छन् । सेक्सको शोधका क्रममा महिलाहरू योनीको माथिल्लो भित्रिभागमा स्पर्ष भए निकै छिटो आनन्दित हुने पत्ता लागेको छ । त्यहाँ चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ । यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ ।

थाकेको बेला वा निद्रामा महिला उत्तेजित हुँदैनन् – पुरुषहरू अधिकांश समय यौनका लागि तयार रहे पनि महिलाको अलि फरक हुन्छ । उनीहरू थाकेको बेला वा निद्राको बेला उत्तेजित हुने सम्भावना निकै कम हुन्छ । उनीहरू थाकेको बेला यौन आनन्दमा पुर्‍याउँछु भन्नु पनि मुर्खता हुने अध्ययनले जनाएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १७:२८