सूचनाको शक्ति - The Power Of Information

        

यौनसँग जोडिएका आठ रोचक तथ्य, जुन तपाईलाई थाहा छैन

मानव जातिमा यौन सदैव एक संवेदनाको रुपमा देखा पर्दछ । कुनै पनि व्यक्तिले आफ्नो जीवनकालमा अधिकांश खुसी आफ्नो यौन जीवनबाट नै प्राप्त गर्ने धारणा विभिन्न विज्ञहरुको छ ।

तर, जीवनको यतिधेरै महत्वपूर्ण पाटो हुँदाहुँदै पनि मानव जीवनमा यौन एक रहस्यमय पाटोको रुपमा रहन्छ । ‘आफ्नो पूरा जीवनकालमा समेत व्यक्तिले यौनलाई राम्ररी बुझ्न सक्दैन’ भन्ने एक भनाइ छ ।

वास्तवमै खुसी, आनन्द, पिडा सबै मिश्रित भाव दिने यौन साँच्चै नै अद्भुतमय र रहस्यमय रहेको छ । यौनको अनुभव व्यक्तिपिच्छे फरक–फरक हुने गर्दछ । चरम आनन्द र खुसीसँगै संसारलाई निरन्तरता दिने क्षमता भएको हुनुपर्छ ।

  • मानिस र डल्फिन मात्र त्यस्तो दुई प्राणी हो, जसले आफ्नो आनन्दको लागि सेक्सको साहारा लिने गर्दछ ।
  • संसारभरको यौन गतिविधिलाई नियाल्ने हो भने, एक दिनमा संसारभर १० करोड यौनका गतिविधिहरु हुन्छन् ।
  • पुरुषहरु औसत ७ सेकेन्डमा एकटक यौनको बारेमा सोच्ने गर्छन् भने यौनक्रिडाको समयमा महिलाको तुलनामा पुरुषलाई धेरै पसिना आउँछ ।
  • यौनक्रिया काफी खर्चिलो पनि छ । सम्भोगको दौरानमा एक महिलाले पूर्णरुपमा उत्तेजित भई ७० देखि १२० क्यालोरी खर्च गर्छिन् भने एक पुरुषले सम्भोगको दौरानमा आफ्नो ७७ देखि १५५ सम्म क्यालोरी खर्चिन्छन् ।
  • चुम्बनमा पनि क्यालोरी खर्च गराउने क्षमता हुन्छ । १ मिनेटसम्म गरिएको चुम्बनले २६ सम्म क्यालोरी बर्न गर्ने क्षमता राख्दछ ।
  • सम्भोगको दौरानमा हुने एन्डोमार्फिन श्रावमा पीडा कम गराउने क्षमता हुने भएकाले महिलाको निम्ति सम्भोग एक दुखाई कम गर्ने माध्यम पनि हो ।
  • केही मनोवैज्ञानिकका अनुसार पश्चिमी मुलमा खुट्टालाई यौन आर्कषणको मुख्य पाटो मानिन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १५:४२