नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने एक दिवसीय अन्तर्राष्ट्रियमा विश्व कीर्तिमान कायम गर्न केवल दुई विकेट टाढा छन् ।
सन्दीपले आगामी तीन एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा केवल दुई विकेट हात पारे एक दिवसीयमा सर्वाधिक छिटो १०० विकेट लिने विश्व कीर्तिमान कायम गर्नेछन् ।
सन्दीपले ४० खेलमै ९८ विकेट पूरा गरे । अफगानिस्तानका रासिद खानले ४४ खेलमा १०० विकेट लिँदै विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
यता अस्ट्रेलियाका मिचेल स्टार्क भने सर्वाधिक छिटो १०० विकेट लिने खेलाडीको दोस्रो स्थानमा छन् । स्टार्कको नाममा ५२ खेलमा १०० विकेट बनाएको रेकर्ड छ ।
सन्दीप भने कीर्तिपुरमा जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध ५ विकेट हात पारेपछि उनी विश्व कीर्तिमानको नजिक पुगेका हुन् ।
सत्यपाटी संवाददाता । काठमाडौं