सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा फागुन ३० गते सार्वजनिक बिदा

राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ।

प्रदेश सरकारले खखडेहरा पर्वकाे अवसरमा कैलाली र कञ्चनपुरमा बिदा दिने निर्णय गरेको हो।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका दुई जिल्लामा सार्वजनिक बिदा दिएको जानकारी गराएको छ।

रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाउने गरिन्छ।

एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार ०८:४२