सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य बिमामा बेथिति, उपचार भन्दा सास्ती बढी

स्वास्थ्य बिमाको सेन्ट्रल सर्भर डाउन हुँदा आइतबार बिहानैदेखि देशभरिका अस्पताल प्रशासन र बिरामीले निकै सास्ती भोग्न बाध्य भए ।

स्वास्थ्य बिमा भएकै कारण बिरामीले बिहान सबेरै अस्पताल पुगेर टिकट लिन लामबद्ध भए र बिरामीको नाम दर्ता शाखामा कार्यरत कर्मचारीले बिरामीको प्रश्नको उत्तर थाम्नै नसक्ने अवस्था देशभरिका अस्पतालमा देखियो ।

आम नेपालीहरूको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने उद्देश्यले नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमले धेरै मानिसलाई लाभ पुगेको छ ।

तर, समयसमयमा सर्भरले भार बहन गर्न नसक्दा अस्पतालको विश्वसनीयता र बिरामीको धैर्य नै गुम्नेसम्मको अवस्था सिर्जना हुनुले स्वास्थ्य बिमाप्रतिको नैराश्यता मात्र नभई बिरामी जटिल समस्यामा परेका छन् ।

आइतबार बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म सर्भर डाउन हुँदा देशभरिका लाखौं बिरामीले सास्ती भोग्नुप¥यो । यस विषयमा स्वास्थ्य बिमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवाली भन्नुहुन्छ– ‘बेलाबेलामा यस्तो समस्या आइरहन्छ तर यति लामो समय समस्या आएको यो पहिलोपटक हो ।

नेपालको स्वास्थ्य बिमाको सर्भर तयार पार्ने कन्सल्ट्यान्सी जीआईटीसीलाई मात्र विस्तृत जानकारी हुन्छ ।’

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार ०७:३८