सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभाको बैठक चैत ८ गतेलाई सर्‍यो

सोमबारका लागि तोकिएको सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ ।

राष्ट्रियसभाको सचिवालयले आज सूचना जारी गरी भोलि २९ गते सोमबार अपराह्न १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश आगामी चैत ८ गते बुधबार अपराह्न १ बजेका लागि तोकको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपदफा (३) बमोजिम सभाका अध्यक्षले कार्य व्यवस्था परामर्श समितिको परामर्शमा चैत २८ गते बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार १८:५२