नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताउनुभएको छ ।
आइतबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताउनुभयो ।
उहाँले आफू सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने भन्दै सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा सरकारको काम हेर्ने बताउनुभयो । उहाँले सरकारले परिणाम दिन सकेन भने ५ वर्ष खेर जाने बताउनुभयो ।
महामन्त्री थापाले राजनीतिक दलहरु खुशी हुँदैमा जनता खुशी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गर्नुभयो । उहाँले सरकार बन्नेकुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा पूर्वप्रधानमन्त्रीहरुको क्लवबाट नै आलोपालो प्रधानमन्त्री अभ्यास रहेपनि सरकारले नागरिकलाई सेवासुविधाहरु दिन सक्नुपर्नै बताउनुभयो ।
महामन्त्री थापाले सरकारसँग ५ वर्षमा जनताको भरोसा रहन्छ की रहँदैन भन्ने सोचेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री गठबन्धनको नेता नभइ सरकारको नेता हुन सक्नुपर्ने बताउनुभयो ।
सत्यपाटी संवाददाता । काठमाडौँ