सूचनाको शक्ति - The Power Of Information

        

एमालेको प्रमुख सचेतकमा गिरी नियुक्त

नेकपा एमालेले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरीलाई नियुक्त गरेको छ ।

निवर्तमान स्वास्थ्यमन्त्री गिरीलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।

एमालेका गिरी मंसिर ४ को निर्वाचनमा पर्वतबाट विजयी हुनुभएको थियो । उहाँले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २२ सय मतान्तरले पराजित गर्नुभएको थियो ।

गिरीले पुस ११ गते गठन भएको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएर ४२ दिन काम गर्नुभएको थियो । गठबन्धन परिवर्तन भएसँगै उहाँ मन्त्रीबाट बाहिरिनुभएको थियो ।

त्यसैगरी एमालेले प्रतिनिधिसभाको सचेतकमा अर्का युवा सांसद महेश बर्तौलालाई नियुक्त गरेको छ ।

युवा नेता बर्तौलाले मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई पराजित गर्नुभएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार १८:३२