सूचनाको शक्ति - The Power Of Information

        

आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आइपीओ) बाँडफाँट गरिएको छ । आज बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको हो ।

यो कम्पनीको एक लाख ६९ हजार ७६० कित्ता आइपीओ दुई लाख १६ हजार ९७६ जनाले प्राप्त गरेका हुन् । तीमध्ये पाँचजनाले थप एक–एक कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् । १६ हजार ९७६ जनाले १० कित्ताका दरले आइपीओ पाएका छन् ।

आइपीओको नतिजा सीडीएस एन्ड क्लियरिङको वेबसाइट र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । कम्पनीले गएको फागुन ११ देखि १५ गतेसम्म एक लाख ६९ हजार ७६५ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

एक करोड ६८ लाख १३ हजार १८० कित्ताका लागि १५ लाख ३८ हजार ४६६ जनाले आवेदन दिएका थिए । तर, दुई हजार २०३ आवेदकले प्रक्रिया नपुर्याउँदा आवेदन अस्वीकृत भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार १३:४१