सूचनाको शक्ति - The Power Of Information

        

हुम्लाको १५ सय क्वीन्टल चामल नेपालगन्जमै थन्कियो

फाइल तस्वीर

पश्चिम नेपालको हिमाली जिल्ला हुम्लाका लागि स्थल मार्गबाट २०० क्विन्टल मात्र चामल ढुवानी भएको छ । ढुवानी गर्ने समय अवधि सकिए पनि ढुवानीकर्ताले हालसम्म २०० क्वीन्टल मात्र चामल पठाएको हो ।

गत असार मसान्तसम्म एक हजार ५०० क्वीन्टल चामल हुम्लामा ढुवानी गर्ने गरी एलबी सप्लायर्स हुम्लाले ठेक्का लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्ज कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख रामशरण लामिछानेका अनुसार ढुवानीको समयसीमा पूरा भए पनि ढुवानी भएको छैन । यसबारे जिल्ला प्रशासन कार्यालय, हुम्लालाई जानकारी गराएपछि सप्लायर्सले २०० क्वीन्टल चामल मात्रै हुम्ला पठाएको थियो ।

बाँकी एक हजार ३०० क्वीन्टल नेपालगन्जस्थित कार्यालयमै थन्किएको प्रमुख लामिछानेले बताए । उनले हुम्लामा खाद्यान्न अभाव भएपछि आएको गुनासोपछि पटकपटक ढुवानी गर्ने दबाब दिए पनि सुनुवाइ नभएको बताए ।

हवाई मार्गबाट दुई हजार क्विन्टल चामल ढुवानी गर्ने कोटा रहेकोमा हालसम्म एक हजार ७०० क्वीन्टल चामल ढुवानी भइसकेको प्रमुख लामिछानेले बताए । सरकारले यस वर्ष नेपालगन्जबाट हुम्लामा तीन हजार ५०० क्वीन्टल चामल पुर्याउन कोटा तोकेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार १३:२५