सूचनाको शक्ति - The Power Of Information

        

उपराष्ट्रपतिमा रामसहायको उम्मेदवारी कायम

निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामुहाय यादवको उम्मेदवारी कायम रहने निर्णय गरेको छ ।

शनिवार उम्मेदवारी दर्तापछि एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले संविधानको धारा ७० अनुसार राष्ट्रपति पुरुष लिङ्गको भएकोले महिला उपराष्ट्रपति हुने व्यवस्था रहेको भन्दै यादवको उम्मेदवारीविरुद्ध दाबी विरोध दर्ता गराएकी थिइन् ।

आइतबार बिहान यादवले सो दाबी विरोधको खण्डन गर्दै निर्वाचन अधिकृतको कार्यालयमा जवाफ पेस गरेपछि निर्वाचन आयोगले यादवको उम्मेदवार खारेज गर्न नपर्ने निर्णय गरेको हो । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी पनि कायम रहने बताए । उपराष्ट्रपतिमा कुल चार जनाको उम्मेदवारी परेको थियो ।

राष्ट्रपति खस आर्यतर्फको हुँदा उपराष्ट्रपतिमा यादव फरक समुदायको हुन सक्ने भए पनि खारेज हुनसक्ने भयले जसपाले प्रमिला यादवलाई पनि अघि सारेको थियो । यादवको उम्मेदवार कायम भएपछि प्रमिलाको उम्मेदवारी फिर्ता लिने सम्भावना छ । तर, गठबन्धनबाटै जनमत पार्टीकी ममत झाले पनि उम्मेदवारी दिएका छन् । सहमति नभए उनी मित्रवत् प्रतिस्पर्धा गर्ने तयारीमा रहेको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बताइसकेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार १३:१४