सूचनाको शक्ति - The Power Of Information

        

कण्डमको सही प्रयोग कसरी गर्ने ?

कण्डम गर्भ निरोधको सबैभन्दा लोकप्रिय र सरल साधन हो । यो प्रयोग गर्न सजिलो र सहजै उपलब्ध हुनुका साथै बोकेर हिड्न पनि हल्का हुन्छ । गर्भ निरोधका लागि मात्र नभै यसले एचआइभी, गोनोरिया, क्लेमाइडियाजस्ता यौन रोग लाग्नबाट समेत बचाउँछ ।

यद्यपि, अनिच्छुक गर्भधारण र यौन रोगबाट बच्नको लागि कण्डमले प्रभावकारी काम गर्नुपर्दछ । धेरैलाई थाहा छैन कि कण्डमको प्रभावकारिताको पनि एउटा निश्चित समयावधि हुन्छ ।

१. यो कस्तो देखिन्छ वा महसुस हुन्छ ? यदि प्याकेटबाट बाहिर निकालेपछि कण्डम कडा, सुख्खा वा टाँसिएको महसुस हुन्छ भने त्यसको प्रयोग नगर्नुहोस् । डिस्कलर भएको छ वा नराम्रो गन्ध आउँछ भने पनि त्यस्तो कण्डमको प्रयोग नगर्नुस् ।

२. राम्रोसँग भण्डारण गर्नुहोस् वालेटमा कण्डम राख्दा यो बिग्रन सक्छ । राम्रोसँग भण्डारण नगर्दा कण्डम बिग्रने, सुक्खा हुने हुन सक्छ । कण्डमको सुरक्षाका लागि यसलाई चिसो र सुक्खा ठाउँमा भण्डार गर्नु उत्तम हुन्छ ।

३. ध्यानपूर्वक ह्यान्डल गर्नुहोस् कण्डमको प्रभावकारिताका लागि यसमा भएको लुब्रिकेटको निकै भूमिका हुन्छ । कण्डम छुँदा चिप्लो हुनु आवश्यक छ । प्याकेट खोल्दा कैंची वा नङको प्रयोग नगर्नुहोस् ।

४. म्याद सकिने मिति जाँच गर्नुहोस् प्रयोग गर्नुअघि कण्डमको म्याद सकिने मिति जाँच गर्नुहोस् । म्याद समाप्त हुने अवस्थाका कण्डमको तन्कने गुण र प्रभावकारिता कम हुन्छ । मिति सकिएका कण्डम हेर्दा ठीक देखिए पनि यो फुट्न सक्ने हुँदा सधैं मिति जाँच गर्नुपर्छ ।

५. उपयुक्त लुब्रिकेन्टको चयन गर्नुहोस् बजारमा विभिन्न किसिमका लुब्रिकेन्टयुक्त कण्डमहरु पाइन्छ । कण्डममा प्रयोग हुने लुब्रिकेन्टमा पनि यसको प्रभावकारिता निर्भर गर्दछ । तेलमा आधारित लुब्रिकेन्टले कण्डमलाई कमजोर बनाउन सक्छ । त्यसैले यस्ता कण्डमको प्रयोग पनि नगर्नुस् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार ११:२३