सूचनाको शक्ति - The Power Of Information

        

यौन इच्छामा कमी आयो ? अपनाउनुस् यस्ता काइदा

कहिलेकाहीँ यौन चाहाना कम हुनु स्वभाविक हो । सन्तानको जन्म, हर्मोनको असन्तुलन तथा सेक्सुअल डिसअर्डर जस्ता कारणले यौन इच्छा कम हुन सक्छ ।

वास्तवमा, धेरै व्यक्ति आफ्नो कामवासनालाई पहिलेकै अवस्थामा फर्काउन सबै प्रकारका औषधीको प्रायोग गर्छन् ।

यौन इच्छा हराउनुको खास कारण के हो भन्ने विषयले केही फरक पार्दैन । यसलाई उचित समाधान गर्नको लागि तीन सुरक्षित तरिकाहरु छन् ।

१. व्यायाम गर्नुस् – शारीरिक व्यायामले सरल रुपमा यौन इच्छामा सुधार ल्याउँछ भन्ने कुरा वैज्ञानिक रुपमा प्रमाणित भइसकेको छ ।

सबैभन्दा पहिले व्यायाम भनेको हिंड्नु मात्र होइन भन्ने कुरा बुझ्नुपर्छ । पसिना निकाल्ने गरी जिम जानु वा विहानको समयमा मर्निङ वाक जाँदा उत्तम हुन्छ । आफ्नो लागि उपयुक्त हुने व्यायाम गर्नुस् ।

२. तनाबरहित रहनुहोस् – दिनभरको थकानले पनि यौन चाहानालाई कम गर्छ । यद्यपी यसलाई हामीले महशुस नगर्न सक्छौं । तपाईं जब तनावमा हुनुहुन्छ तपाईंको शरीर ‘फाइट’ वा ‘फ्लाइट’ मोडको अवस्थामा हुन्छ ।

यसले शरीरलाई निकै दबाबमा राख्छ । मानव शरीरले तनाव–खतरा महशुस गरेमा यसले कोर्टीसोल हार्मोन निस्काशन गर्छ, जसले टेस्टोस्टेरोनको मात्रा घटाउँछ ।

३. पार्टनरसँग खुलेर भावना साट्नुहोस् – त्यस्तै, पार्टनरसँगको सञ्चारले पनि बेडरूममा सँगै हुने समयलाई आनन्ददायी बनाउँछ ।

आफुलाई के कुराले उत्तेजना पैदा गर्छ त्यो विषयमा आफ्नो पार्टनरसँग कुरा गर्नुहोस् । थप सन्तुष्टिको लागि गति, स्थान वा विधि पनि परिवर्तन गर्न सकिन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार ११:२०