सूचनाको शक्ति - The Power Of Information

        

अर्बौ खचेर १५० सुन्दरीसँग मस्ती गर्ने को हुन् विलासी राजकुमार ?

साउदी राजकुमार मोहम्मद बिन सलमान विश्वकै शौखिन र विलासी व्यक्तिको रुपमा सूचिकृत छन् । उनी आफ्नो विलासी जीवनशैलीका कारण विभिन्न समय विवादित चर्चामा रहिरहन्छ । पत्रकार जमाल खशोग्गीको मृत्युदेखि शाही परिवारका सदस्यहरु विरुद्ध कडा कारवाहीका कारण उनी चर्चामा रहिरहेका छन् ।

एक अमेरिकी मोडलसँग एक रात बिताउन करोडौं डलर दिन तयार भएका राजकुमार सलमान निकै विलासी जीवन बिताउँछन् । पछिल्लो समय राजकुमार सलमानको विलासी जीवनशैलीको बारेमा निकै ठूलो खुलासा भएको छ । एउटा नयाँ किताबमा दावी गरिएअनुसार राजकुमार सलमानले माल्दिभ्सको एक प्राइभेट आइल्याण्डमा भव्य पार्टी दिएका थिए जहाँ अर्बौं खर्च भएको थियो ।

यो पार्टीमा आउने पाहुनाहरुलाई खुसी पार्नको लागि ब्राजिल, रुससहित विश्वका विभिन्न स्थानबाट १५० मोडलहरुलाई बोलाइएको थियो । ‘ब्लड एण्ड आयदः मोहम्मद बिन सलमान्स रुथलेस क्वेस्ट फल ग्लोबल पावर नामको किताबमा दावी गरिएअनुसार यी सबै १५० मोडलहरु माल्दिभ्सबाट आएपछि उनीहरुलाई कुनै किसिमको यौनजन्य रोग भए नभएको जाँचसमेत गरिएको थियो ।

किताबमा उल्लेख भए अनुसार यो पार्टीमा मोहम्मद बिन सलमानका खाडी देशका केही दर्जन पाहुनाहरु सहभागी भएका थिए । यो निजी आइल्याण्डलाई विश्वका सबैभन्दा भव्य र महंगा स्थानहरुमा गनिन्छ । किताबमा दावी गरिएअनुसार राजकुमार सलमानले करिब एक महिनासम्म यहाँ पार्टी गर्ने योजना बनाएका थिए ।

तर स्थानीय अखबारले यसबारे थाहा पाएर समाचारमा यसको खुलासा भएपछि राजकुमार सलमान सबै विदेशी मोडललाई साथमा लिएर त्यहाँबाट भाग्नुपरेको थियो । राजकुमार सलमानले यो टापुमा ३०० कर्मचारी, ४८ निजी भिला र हिउँ वर्षाउने मेसिन समेत भाडामा लिएका थिए । पाहुनाहरुको गोपनीयतालाई ध्यानमा राख्दै यो पार्टीमा फोन प्रतिबन्धित थियो ।

सबै पाहुनाहरुलाई केवल नोकिया ३३१० फोन ल्याउने अनुमति थियो । वाल स्ट्रिट जर्नलका पत्रकार रहेका लेखकहरुले किताबमा बताएअनुसार यहाँ ल्याइएका १५० मोडलको यौन रोग परिक्षणपछि उनीहरुलाई भिलाभित्र लगिएको थियो । त्यसपछि मोहम्मद बिन सलमान आफ्नो सी प्लेनमा त्यहाँ पुगेका थिए । सलमानले डिजै अफरोज्याक र पिटबुललाई पनि हायर गरेको बताइको छ । राजकुमार सलमान आफैं स्टेजमा पुगेको पनि दावी गरिएको छ ।

किताबमा उल्लेख भए अनुसार राजकुमार सलमानले पार्टीमा आफैं आफूलाई मन पर्ने गीत बजाउन थालेका थिए र त्यहाँ भएका पाहुना र मोडलहरुले उनको समर्थन गरेका थिए । यी सबै रातभर पार्टी गर्थे र दिनभर सुत्थे । राजकुमार सलमानले ५० करोड डलरमा एउटा फाइभस्टार याट पनि बुक गरेका थिए । यो याटमा दुई हेलिप्याड र मुभी थिएटर तथा पानीभित्रबाट समुद्रमा हेर्ने सुविधा थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार ०७:३८