सूचनाको शक्ति - The Power Of Information

        

२०७९ फागुन २८ गते आइतवारको राशिफल

२०७९ फागुन २८ गते आइतवार, १२ मार्च २०२३ । चैत्र कृष्णपक्ष पञ्चमी तिथि, १९ः४५ बजेदेखि षष्ठी । स्वाती नक्षत्र, ६ः२५ बजेदेखि विशाखा । चन्द्रराशि– तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । हतारमा निर्णय लिने बानीले काम दोहोर्याउनुपर्ने हुन सक्छ । घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । भोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ । केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । हातमा आएको रकम तत्काल खर्च हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

खर्च लागे पनि प्रयत्न गर्दा आंशिक काम बन्नेछ । थोरै लाभ भए पनि अभाव टर्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुन सक्छ । आफ्नो हकभोगमाथि अरूले दाबी गर्न सक्छन् । असंयम व्यवहारले शत्रुता बढाउन सक्छ । गलत चिन्तन प्रकट गर्दा स्वयं आलोचित भइनेछ । निर्णायक मोडमा दुविधा उत्पन्न हुनाले केही समस्या पर्नेछ । तापनि, नियमित काम सम्पादन हुनेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ । तत्काल लाभ नभए पनि व्यापारको स्रोत पहिल्याउन सकिनेछ । रचनात्मक काममा जुट्ने समय छ । गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । हडबडीले काम बिग्रन सक्छ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ । साथीभाइको सहयोग जुट्नाले उत्साह थपिनेछ । दीर्घकालीन महत्त्वका काममा निर्णय लिन हतार नगर्नुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । आवेशमा काम गर्दा विवादमा परिनेछ । दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ । आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । लगनशीलताले अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

शुभचिन्तकहरू टाढिन सक्छन् । अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ । व्यापारमा समेत कम मात्र फाइदा हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला । निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ । विशेषतः सरकारी कामकाजमा केही अलमल हुन सक्छ । तापनि पहिलेको सफलताले हौसला जगाउनेछ । बिछोडिएका आफन्तजन भेटिनेछन् । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ । खानपानको सोखले स्वास्थ्य भने प्रतिकूल बन्न सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला । चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतवार ०६:४९