सूचनाको शक्ति - The Power Of Information

        

नियमित अदुवा सेवन गर्नुका फाइदा

अदुवा नेपाली भान्सामा नियमित मसला हो । यद्यपि कतिपयले यसको प्रयोग गरेको पाइदैन । यसको नियमित सेवनले स्वास्थ्यमा धेरै फाइदा पुर्याउने विज्ञहरू बताउँछन् ।

अदुवामा भिटामिन तथा मिनरल्स लगायत विभिन्न तत्व प्रशस्त मात्रामा पाइने हुनाले यसको औषधीय विशेषता रहेको छ । आयुर्वेदमा यसको प्रयोगको इतिहास लामो रहेको छ । अदुवाको नियमित सेवनले वाकवाकी तथा बान्ता हुने समस्याबाट बचाउँछ ।

यसले जोर्नीहरू सुन्निने समस्यालाई पनि कम गर्छ । यति मात्र नभएर यसको क्यान्सर तथा मुटुरोगविरुद्ध पनि औषधीय गुण रहेको छ साथै मस्तिष्कको कार्यमा पनि यसले बुस्टरको काम गर्छ ।

अदुवा सेवनका फाइदाहरू

  • अपच हुने समस्या हटाउछ ।
  • मांशपेसीको दुखाई कम हुन्छ ।
  • प्रतिरोधात्मक क्षमता बढाउँछ ।
  • महिनावारीको दुखाई कम गर्छ ।
  • बिहान लाग्ने वाकवाकी हटाउछ ।
  • शरीर सुन्निएमा चाँडो सुकाउने ।
  • कोलेस्टेरोललाई सन्तुलन गर्न मद्दत गर्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार ११:०४