सूचनाको शक्ति - The Power Of Information

        

‘सेक्स’ गरिसकेपछि के गर्छन् बुद्धिमानी महिला ?

शारीरिक सम्बन्धले सम्बन्ध बलियो बनाउँछ । तर एक समझदार महिलाले शारीरिक सम्बन्धपछि तुरुन्तै केहि काम गर्दछ । महिलाको यौन स्वास्थ्यलाई ठीक राख्न यी कामहरु निकै महत्वपूर्ण हुन्छन् । तर धेरैजसो महिलालाई यी टिप्सबारे जानकारी हुँदैन, यसले उनीहरुको यौन स्वास्थ्य र यौन जीवन बिग्रन थाल्छ । महिलाले ‘सेक्स’पछि के गर्नुपर्छ ?

‘सेक्स’पछि पिसाब गर्नु – महिलाको यौ न स्वास्थ्यलाई ठीक राख्नका लागि स्मार्ट महिलाहरूले शारिरीक सम्बन्धपछि सधैं पिसाब फेर्छन् । किनभने, शारिरीक सम्बन्ध राख्दा संक्रमणको जोखिम हुन सक्छ । त्यसैले पिसाबको सहयोगमा हानिकारक ब्याक्टेरिया र फङ्गस हटाउन आवश्यक छ ।

‘सेक्स’पछि तातो स्नान – शारिरीक सम्बन्धपछि महिलाले यौनाङ्ग सुन्निने र जलेको गुनासो गर्न सक्छन् । चिकित्सकका अनुसार यो जटिलता र संक्रमणको जोखिम कम गर्न महिलाहरूले शारिरीक सम्बन्धपछि तातो पानीमा नुहाउनुपर्छ र यौनाङ्ग वरपरको छाला मनतातो पानीले धुनुपर्छ । ध्यान राख्नुहोस् कि जननांग क्षेत्रमा धेरै तातो पानी लगाउनुहुँदैन ।

पर्याप्त मात्रामा पानी पिउने – महिलाले ‘सेक्स’ गरेपछि पर्याप्त मात्रामा पानी पिउनुपर्छ । किनकी महिलाहरुका लागि शारिरीक सम्बन्धको कार्य गर्नु एक किसिमको व्यायाम हो, जसको कारण शरीरमा पा नीको कमी हुन्छ । शारिरीक सम्बन्धपछि पानी पिउनाले शरीरलाई हाइड्रेट गर्छ र पिसाब निस्कन पनि मद्दत गर्छ ।

दही र प्रोबायोटिक्स खानाको सेवन – वुमन हेल्थ म्यागका अनुसार ‘सेक्स’ गरिसकेपछि महिलाले दही, मोहीजस्ता प्रोबायोटिक खानेकुरा खानुपर्छ । किनभने, यसमा महिलाको यौनाङ्गका लागि फाइदाजनक ब्याक्टेरिया हुन्छ । यसको साथमा संक्रमणको जोखिम कम हुन्छ ।

यी चीजहरू प्रयोग नगर्नुहोस् – ‘सेक्स’पछि यौनाङ्गको सम्पर्कमा आएर सुगन्धित वाइप र साबुन प्रयोग गर्नुहुँदैन । यसले दाग, चिलाउने र संक्रमणको जोखिम निम्त्याउन सक्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार १०:०५